+
+

दुर्गाप्रसादलाई जेलबाट छुटाउन भूमिका खेल्ने दुई भारतीय नागरिक सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १८:३९

१२ कात्तिक, काठमाडौं । विना सुनुवाइ ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई छुटाउन भूमिका खेल्ने दुई भारतीय नागरिक सम्मानित भएका छन् ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमा सञ्चारकर्मी अम्बारसिनाग विश्वास र वकिल हीरक सिन्हालाई महावाणिज्य दूत ईश्वरराज पौडेलले सम्मान गरेका हुन् । विश्वास वेष्ट बंगाल रेडियो क्लबका सचिव हुन् भने सिन्हा उच्च अदालत कोलकाताका वकिल हुन् ।

दुर्गाप्रसाद लामो समयदेखि विना सुनवाइ दमदम केन्द्रीय कारागारमा बसिरहेको सूचना विश्वासले पाएका थिए । त्यसपछि वकिल सिन्हासँग समन्वय गरेर उनको नेपालस्थित परिवारको खोजी र रिहाइका लागि पहल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?