+
+

रिडी-रुद्रबेनी-वामी सडक खुलाउन सेना परिचालन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १९:४३

१२ कात्तिक, गुल्मी । नौ दिनदेखि बन्द गुल्मीको रिडी-रुद्रबेनी-वामी सडक खुलाउन सेना परिचालन भएको छ । रुरुक्षेत्र गाउँपालिका-२ को साँघुरेमा अवरुद्ध रहेको सडक खुलाउन नसकेपछि कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मको संयुक्त टोली खटाइएको हो ।

कात्तिकको शुरुमा भएको बेमौसमी वर्षाले सडकका विभिन्न स्थनमा ठूलो पहिरो खसेको थियो । अवरुद्ध सडक खुलाउन गौंडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले डोजर प्रयोग गरी सडक खुलाउने प्रयास गरेको थियो ।

पहिरोको बीचमा ठूलाठूला ढुंगाहरु भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएपछि नेपाली सेनाले विष्फोटन गरी सडक खुलाउने प्रयास गरिरहेको छ । सेनाले शुक्रवार दिनभर ठूला ढुंगालाई विष्फोटन गरेको छ ।

जिल्लाको रिडी-रुद्रबेनी-वामी सडक व्यस्त सडक हो । सडक खुलेको वर्षौं भएपनि अझै पनि सडक कच्ची र निकै जोखिम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?