१३ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि ४ विकेटको रोमाञ्चक जीत हात पारेको छ ।
सारजहाँमा भएको खेलमा श्रीलंकाले दिएको १४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले एक बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो ।
दक्षिण अफ्रिकाको जितमा टेम्बा बभुमाले ४६, डेभिड मिलरले अविजित २३, एडन मारक्रमले १९, रसे भान डेर डसेनले १६ रन जोडे ।
प्रतिक्रिया 4