+
+

विश्व कुइकेलको कथासङ्ग्रह ‘सुगन्धपुर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १३:४०

विश्व कुइकेलको कथासङ्ग्रह सुगन्धपुर सार्वजनिक भएको छ । शनिबार राजधानीको कुञ्ज नाटक घरमा एक कार्यक्रमकाबीच पुस्तक लोकार्पण गरिएको हो ।

प्रा.डा खगेन्द्र लुइटेलले लेखकले आफ्नो जीवन भोगाइका क्रममा देखे सुनेका पात्र र परिवेशलाई सरल किसिमले पाठकसामु पस्कन सफल रहेको उल्लेख गरे ।

उनले भने, ‘समाजमा ब्याप्त अनेक किसिममा उत्पीडनलाई शब्दका माध्यमबाट पाठक सामु ल्याउन सक्नु लेखकको सबल पक्ष हो । विश्व कुइकेल नेपाली साहित्यमा सुनिने नामहरूमा नयाँ भए पनि कथाहरू अध्ययन गर्दा उनी पुरानाझैं मलाई लाग्यो ।’

समालोचक राजन मुकारुङले साहित्य समाजको ऐना भएको बताउँदै लेखक कुइकेलको साहित्यक सिर्जनाको मुक्तकन्ठले प्रशंसा गरे । कथाकारले नेपाली परिवेशको विभिन्न कथा समावेश गरेर सङ्ग्रह ल्याउनु सुखद रहेको बताए ।

‘जुनसुकै साहित्यक सृजना तब अब्बल हुन्छ , जब तेसभित्र समाजका अनेक पक्षलाई जस्ताको तेस्तै टिपेर अक्षरको माध्यमबाट बाहिर ल्याउन सकिन्छ । लेखकको सवल पक्ष भनेकै यही हो,’ मुकारुङ्ले भने ।

कार्यक्रममा मानवशास्त्री सचिन घिमिरेले कथाकार कुइकेलले आफ्नो सिर्जनाको माध्यमबाट सर्जकले समाज बदल्न सक्ने धारणा राखे । साहित्यकार विना थिङले पनि सुगन्धपुर कथा सङ्ग्रह नेपाली साहित्यमा पठनयोग्य सामग्री आएको भन्दै खुसी ब्यक्त गरिन् ।

फिनिक्स बुकले प्रकाशन गरेको कथा सङ्ग्रह सुगन्धपुरमा १९ वटा कथा समावेश छन् । पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment