+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

कैलालीमा झण्डै दुई लाख नगदसहित १८ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते ११:२४

१५ कात्तिक, धनगढी। कैलाली प्रहरीले झण्डै दुई लाख रूपैयाँसहित १८ जना जुवाडेलाई पक्राउ गरेको छ।

सोमबार राति करीब २ बजेको समयमा बर्दगोरिया गाँउपालिका-६ पृथ्वीपुरस्थित बलराम चौधरीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सडकपुरको टोलीले उनीहरूलाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका-५ का ३६ वर्षीय सुनिल चौधरी, ३ को ३८ वर्षीय टेकबहादुर रोकाया, ३८ वर्षकै चन्द्र सापकोटा, ३३ वर्षीय हेमबहादुर बम,४६ वर्षीय रविन्द्र थापा, २९ वर्षीय बरुण शमसेर राणा, ३२ वर्षीय आनन्द गौतम, ४० वर्षीय महेश डगौरा थारु रहेका छन् ।

यस्तै जुवाखालबाट बर्दगोरिया-१ का ४३ वर्षीय दिपककुमार बुढा,वडा नम्बर ४ बस्ने ३० वर्षीय कमल बुचा मगर, ३६ वर्षीय ईन्द्र भण्डारी, ४२ वर्षीय खुमेन्द्र बहादुर सापकोटा, ४१ वर्षीय अरुण शमसेर राणा,४३ वर्षीय लक्ष्मण कुँवर, २९ वर्षका विरेन्द्र भण्डारी, ४२ को मेघराज सापकोटा, ३४ वर्षीय शिवराज सापकोटा, लम्कीचुहा नगरपालिका-१० का ३२ वर्षीय तपेन्द्र भण्डारीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको साथबाट नगद एक लाख ८० हजार रूपैयाँ पनि बरामद गरिएको जनाउँदै जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?