+
+

मास्क होल्डर : किशोरपुस्तामा कसरी लोकप्रिय हुँदैछ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १२:२७

उपभोक्ताले कसरी आफ्नो आवश्यक्तालाई सौख र रुची अनुरुप बदल्छ ? कुनैपनि आवश्यक्ता कालन्तरमा कसरी फेसन बन्छ ? मास्क अनि मास्क होल्डर यसको नमुना हुन् । हिजो जुन कुरा आवश्यक्ता थियो, आज त्यो फेसनमा रुपान्तरण भएको छ ।

मास्क लगाउनु अनिवार्य छ, अहिले । खासगरी कोरोना संक्रमण फैलिएसँगै मास्कको प्रयोग बढ्यो । संक्रमणको संभावित जोखिमबाट बच्ने यो एउटा प्रभावकारी विकल्प थियो । अर्थात यो एक सुरक्षा कवचको रुपमा उपयोगमा आयो ।

तर, अहिले मास्क फेसन बजारमा प्रवेश गरिसकेको छ । फेसनेबल पुस्ताले आफ्नो आवश्यक्तालाई फेसनमा बदलेका छन् । उनीहरुले मास्क लगाउनैपर्ने बाध्यतालाई शौखमा रुपान्तरण गरे ।  त्यसैले त थरीथरी रंग र आकारप्रकारका मास्कले बजार भरिभराउ छ । उपभोक्ताको रुचीलाई ध्यानमा राखेर अनेक ढाँचा एवं शैलीका मास्क ल्याउने उत्पादकवीच होडबाजी नै छ ।

खासगरी हलिउड–बलिउड सेलिब्रेटीले मास्कलाई फेसनको रुपमा प्रयोग गरे । यसैको अनुसरण गर्दै तन्नेरी पुस्ताले आफ्नो अनुहार र पहरिन शैलीसँग संयोजन मिलाएर मास्क प्रयोग गर्न थालेका छन् ।

अहिले मास्क सुरक्षा सँगै फेसन बनेको छ । यसले मास्कको उपयोगिता र लोकप्रियतालाई अरु बढाइदिएको छ । अब मास्क मात्र होइन, मास्क होल्डर पनि फेसन बन्दैछ । रंगबिरंगी र थरीथरी शैलीमा मास्क होल्डर अहिलेका पुस्ताले प्रयोगमा ल्याएका छन् ?

कसरी फेसन बन्यो ?

जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै फेसनेवल पुस्ताले मास्क र मास्क होल्डरलाई फेसनकै रुपमा उपयोगमा ल्याएका हुन् ।

मास्क लगाउनैपर्ने बाध्यता छ । तर, नाक–मुख छोपिनेगरी मास्क लगाउँदा आफ्नो सौन्दर्य नखुल्ने हो कि ? यही सन्देहसँगै मास्क कसरी लगाउँदा आकर्षक एवं सुहाउँदो हुन्छ भन्ने उपायको खोजी भयो । अन्ततः अनुहारसँग मिल्दोजुल्दो मास्क प्रयोगमा ल्याइयो । त्यससँगै आफ्नो पहिरनसँग त्यसको संयोजन मिलाइयो । ग्ल्यामर वल्र्ड अर्थात सिनेमा क्षेत्रका कलाकर्मीले यसलाई व्यापाक रुपमा अपनाए । यही शैली युवापुस्ताले अनुसरण गरे ।

आकर्षक र महंगो मूल्यका मास्क हराउन वा कतै छाडिन सक्छ । त्यसैले मास्कलाई सुरक्षित राख्न मास्क होल्डर चेन प्रयोग गर्न थालियो । मास्कको दुबैतर्फको डोरीमा जोडेर थरीथरीका चेनलाई  घाँटीमा माला जसरी लगाइयो । यसरी लगाएपछि मास्क कतै छाडिने वा हराउने डर त भएन नै, आकर्षक पनि देखियो ।

अहिले बजारमा थरीथरीका शैलीमा मास्क होल्डर चेन पाउन सकिन्छ । प्लाष्टिक, सिसा आदिको पोतेबाट हातले तयार गरिएका आकर्षक मास्क होल्डर चेन किशोर–किशोरीले निकै रुचाएका छन् ।

टिकटकले ट्रेन्ड, फेसबुकमा मार्केटिङ

पछिल्लो समय फेसन बजारमा नयाँ–नयाँ ट्रेन्ड भित्रिने क्रम तिब्र छ । र, यसमा सबैभन्दा छिटो-छरितो माध्याम बनेको छ, टिकटक ।

टिकटकले फेसन बजारलाई अरु गतिशिल बनाएको छ । सिर्जनशिल पुस्ताले यसैलाई माध्याम बनाएर नयाँ–नयाँ शैली भित्र्याउँदैछन् । यसैको उदाहरण हो, मास्क होल्डर चेन पनि । टिकटकबाटै मास्क होल्डर चेनको फेसन फस्टाएको हो । त्यसो त हलिउड-बलिउड सेलिब्रेटीले पनि मास्क होल्डर चेन लगाएको देखिन्छ, जसको प्रभाव फेसन बजारमा पर्ने नै भयो ।

मास्क होल्डर चेन लगाएर टिकटक बनाउने क्रमसँगै फेसबुक लगायत सामाजिक सञ्जालको माध्याम अपनाएर यसको बजारीकरण गरिरहेका पाइन्छन् । मार्केटप्लेस जस्ता टुल्समा यसले बढी व्यापकता पाएको छ ।

किशोर पुस्ताको फेसन

हुन त फेसन बजारमा किशोर पुस्ताकै हालिमुहाली हुन्छ । उनीहरुले नै फेसन बजारलाई चलयमान बनाइदिन्छन् । मास्क होल्डर चेन पनि यही पुस्तामाझ बढी लोकप्रिय छ ।

आफ्नो पहिरन शैलीसँग संयोजन मिलाएर मास्क होल्डर चेन लगाउने क्रम बढेको छ । किशोरी मात्र होइन, किशोरहरुमा समेत यस्तो फेसन चलेको व्यवसायीहरु बताउँछन् । बजारमा मास्क होल्डरको औसत मूल्य १५० देखि २०० सम्म छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?