+
+

एनआईसी एशिया बैंकको १५.६४ प्रतिशतले बढ्यो नाफा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १२:२९

१५ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंकको मूनाफा १५.६४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको मूनाफा १५.६४ प्रतिशतले वृद्धि भएको हो ।

बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तीन महिनामा १ अर्ब १८ करोाड ६ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँमात्रै मूनाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ४० प्रतिशत धेरैले बढेको छ । बैंकको आधार दर (बेस रेट) करिब १ प्रतिशतले बढेको छ भने निस्कृय कर्जा पनि थोरैले वृद्धि भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी भने घटेर ४० दशमलव ८४ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?