+
+

सिभिलको नाफा २०० प्रतिशतले बढ्यो, निस्क्रय कर्जामा पनि राम्रो सुधार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १२:५३

१५ कात्तिक, काठमाडौं । सिभिल बैंक लिमिटडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निकै राम्रो प्रगति गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफामात्रै करिब २०२ प्रतिशतले बढेको छ ।

अन्य अधिकांश सूचकहरू सकारात्मक देखिएका छन् । बैंकले तीन महीनामा २९ करोड १८ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको पहिलो तीन महीनाको तुलनामा २०१.८८ प्रतिशतले बढी छ । अघिल्लो वर्षको सोही अवधिमा सिभिलले ९ करोड ६६ लाख ७८ हजार रुपैयाँमात्रै मुनाफा कमाएको थियो ।

बैंकको निक्षेप ३३.९५ प्रतितशले बढेको छ भने कर्जा ४५.९८ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेखमात्रामा बढेको छ भने निस्क्रिय कर्जामा पनि निकै राम्रो सुधार देखिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी (वार्षिक) ८ रुपैयाँ ६७ पैसाले बढेर १३ रुपैयाँ ५१ पैसा पुगेको छ भने निस्क्रिय कर्जा ३६ प्रतिशतले घटेर ०.९६ प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?