+
+

चिनियाँ वैज्ञानिकले बनाए सबैभन्दा शक्तिशाली क्वान्टम कम्प्युटर, गुगल भन्दा १० लाख गुणा तेज

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १३:१७

१५ कात्तक, काठमाडौं । चिनियाँ वैज्ञानिकहरुले अहिलेसम्मकै सबैभन्दा तेज तथा आम प्रयोगका विभिन्न प्रोग्राम हाल्न मिल्ने क्वान्टम कम्प्युटरको विकास गरेका छन् ।

विद्यमान साधारण कम्प्युटरहरुद्वारा गर्न असम्भव हुने समस्याहरु यस क्वान्टम कम्प्युटरले समाधान गर्नसक्ने बताइएको छ । उक्त क्वान्टम कम्प्युटरको नाम जुचोंघी २.१ (Zuchongzhi 2.1) राखिएको छ । पाँचौ शताब्दीका चर्चित गणितज्ञको नामबाट यो कम्प्युटरको नामाकरण गरिएको हो ।

युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चाइनाका पान जियानवेइको नेतृत्वको टिमले उक्त क्वान्टम कम्प्युटरको निर्माण गरेको हो । जियानबेइका अनुसार यो कम्प्युटर यसको सर्वाधिक निकट प्रतिस्पर्धीको रुपमा रहेको गुगलको साइकामोर क्वान्टम कम्प्युटर भन्दा १० लाख गुणा शक्तिशाली छ । साइकामोर हालसम्मको सबैभन्दा शक्तिशाली क्वान्टम कम्प्युटरको रुपमा रहेको थियो ।

क्वान्टम कम्प्युटरहरु सुपर एडभान्स्ड मेसिनहरु हुन् जुन विद्यमान परम्परागत कम्प्युटरमा हुने १ र ० को बाइनरी कोडभन्दा पर पुग्दछन् । क्वान्टम कम्प्युटरले ब्रम्हाण्डको सबैभन्दा सानो कणको विशेष गुणको उपयोग गर्दछन् जुन परम्परागत कम्प्युटरको १ तथा ० वा त्यसको बीचमा पनि हुन सक्दछ ।

क्वान्टम कणहरु निकै लचिलो हुन्छन् जसलाई क्यू बिट्स अर्थात् क्वान्टम बिट्स भनिन्छ । ती क्यू बिट्सहरु सुपर कम्प्युटरले पनि सँगै सञ्चालन गर्न सक्दछ ।

सुपर कम्प्युटिङ्गको क्षमतालाई अधिकतम तहमा विकास गर्नका लागि चिनियाँ वैज्ञानिकहरुले दुई भिन्न प्रणालीको निर्माण गरेका छन् । जसमा एउटा भनेको प्रकाशमा आधारित फोटोनिक क्वान्टम कम्प्युटर हो । दोश्रो चाहिँ सुपर कन्डक्टिङ्ग क्वान्टम कम्प्युटर हो जुन निकै कम तापक्रममा मात्र राम्रोसँग सञ्चालन हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?