+
+

‘शेयर बजारको नियामक बन्ने राष्ट्र बैंकको इच्छा होइन’

महाप्रसाद अधिकारी (गभर्नर, नेपाल राष्ट्र बैंक) महाप्रसाद अधिकारी (गभर्नर, नेपाल राष्ट्र बैंक)
२०७८ कात्तिक १५ गते १८:०६

नेपाल राष्ट्र बैंक धितोपत्र बजारको नियामक होइन, धितोपत्रको नियमन सम्बिन्धत निकायले नै सशक्त रुपमा गरेको हामी हेर्न चाहन्छौं । हामी बैंकिङ क्षेत्रको नियामक भएका कारण नै हाम्रा नीतिहरु यस क्षेत्रलाई लक्षित गरी आउने हुन् । गत मौद्रिक नीतिमार्फत ४ करोड र १२ करोडको सीमा तोकिएपछि यसले शेयर बजारमा प्रभाव परेको गुनासोका सन्दर्भमा शेयर बजार अत्यन्तै संवेदनशिल विषय भएको बुझेका छौं । गत साल हामीले कर्जाको भ्यालु ६५ बाट ७० बनाउने क्रममा बजार पुँजीकरण १८ खर्ब हाराहारी समेत नपुगेको अवस्था थियो ।

तर, पछिल्लो नीति आउँदा बजार पुँजीकरण ४० खर्ब नाघिसकेको छ । सरसर्ती हेर्दा नीतिले ७० प्रतिशतको सीमामा पनि छुनु पर्ने थियो । तर, यो क्षेत्र निकै संवेदनशिल भएकाले त्यता तिर नजाउँ भनेर छोएनौं । यसको संवेदनसिलतालाई बुझेरै, यसले बजारलाई असर गर्छ भन्ने लागेर चलाएनौं । अहिले ४/५ जनाले मात्र १ अर्बभन्दा माथिको ऋण लिएको पाइन्छ । यसलाई खुलै छाड्यौं भने यो प्रथा बढ्दै जान्छ ।

अन्य उत्पादनशील क्षेत्र, कृषि, साना स्टार्टअपले पैसा नपाउने अहिलेकै जस्तो अवस्था जटिल हुन सक्छ भनेर क्रमशः एक ठाउँमा ल्याउनु पर्छ र यति गर्दा बजारमा ठूलो असर पनि पर्दैन भनेरै यो नीति ल्याइएको हो । यसको आशय वित्तीय सिस्टम भित्र रहेको पुँजी धेरै एकै स्थानमा नजाओस् भन्ने नै थियो । एउटा असल नियले समग्र वित्तीय प्रणालीलाई सही ट्र्याकमा राख्न यो नीति ल्याइरहँदा मनको कुनै पनि कुनामा पनि शेयर बजार, त्यहाँको इण्डेक्सप्रति धारणा राखेर ल्याइएको होइन ।

भलै केही व्यक्ति जो ठूलो कारोबार गर्न चाहनु हुन्थ्यो, उहाँहरुलाई केही असर परेको होला । यो सँगसँगै हामी साना लगानीकर्ताले पनि भोलि पाउन सक्ने खालको अध्ययन गरिरहेका छौं । यसले साना-साना कर्जाहरु परिचालनको बाटो खुल्ने छ । यसले ठूलो स्रोत सीमित व्यक्तिको हातमा गएर नबसोस भनेरै यस्तो व्यवस्था ल्याइएको हो । हाम्रो अर्थतन्त्र एक त जटिल खालको छ, त्यो माथि थप जटिल नबनोस् भन्ने नै नियत हो । हामीलाई शेयर बजारको नियामक बनेर हस्ताक्षेप गर्ने इच्छा होइन ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा शेयर बजारबारे गभर्नर अधिकारीले राखेको धारणा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?