+
+
Shares

२४ बैंकले बढाए नाफा, वृद्धि दरमा सिभिल पहिलो

तीन बैंकको मूनाफा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते ११:०८

१६ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा बैंकहरुले १८ अर्ब ११ करोड रुपैयाँ भन्दा धेरै मूनाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले धेरै हो ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यी बैंकहरुले १४ अर्ब ६० करोड रुपैयाँ मूनाफा आर्जन गरेका थिए ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा सबैभन्दा धेरै प्रगति गर्नेमा सिभिल बैंक पहिलो नम्बरमा देखिएको छ । सिभिल बैंकले मूनाफामात्रै २ सय प्रतिशत भन्दा धेरैले बढाएको छ । यो बैंकिङ क्षेत्रकै सबैभन्दा उच्च वृद्धिदर हो ।

मूनाफामा हरेक वर्ष जसो कमजोर देखिने सिभिलले यस पटक भने बैंक अफ काठमाण्डूलाई समेत जितेको छ ।

अधिकांश बैंकको मूनाफा वृद्धि हुँदा प्रभु बैंक, प्राइम कमर्सीयल बैंक, कुमारी बैंक र नेपाल बंगलादेश बैंकको भने मूनाफा घटेको छ । सबैभन्दा धेरै प्रभु बैंकको २५ प्रतिशतले मूनाफामा कमी आएको छ । हेर्नुस् कुन बैंकको मूनाफा कति :

सि.नं. बैंकको नाम यस वर्ष (पहिलो त्रैमास) गत वर्ष (पहिलो त्रैमास)
एनआईसी एशिया बैंक १ अर्ब १८ करोड १ अर्ब २ करोड
नविल बैंक १ अर्ब ११ करोड १ अर्ब ३ करोड
ग्लोबल आइएमई बैंक १ अर्ब ११ करोड १ अर्ब ५ करोड
राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ५ करोड ८३ करोड
एनएमबि बैंक १ अर्ब ४ करोड ७३ करोड
प्राइम कमर्सीयल बैंक ९८ करोड १ अर्ब २ करोड
सिद्धार्थ बैंक ९५ करोड ५० करोड
नेपाल इन्भेष्टमेन्ट बैंक ९८ करोड ६२ करोड
मेगा बैंक ९१ करोड ६१ करोड
१० नेपाल बैंक ७५ करोड ५५ करोड
११ सिटिजन्स बैंक ६९ करोड ५१ करोड ५५ लाख
१२ प्रभु बैंक ६३ करोड ६३ लाख ८५ करोड
१३ एभरेष्ट बैंक ५८ करोड ३३ करोड
१४ सानिमा बैंक ५७ करोड ३७ करोड
१५ माछापुच्छ्रे बैंक ५६ करोड ३६ करोड
१६ लक्ष्मी बैंक ५५ करोड ३१ करोड
१७ कुमारी बैंक ५४ करोड ६० करोड
१८ एनसीसी बैंक ५१ करोड ३३ करोड
१९ कृषि विकास बैंक ४८ करोड ५४ लाख ४६ करोड
२० स्टाण्डर्ड चार्टर्ड बैंक ४८ करोड ४० करोड
२१ हिमालयन बैंक ४५ करोड ३६ करोड
२२ सनराइज बैंक ४३ करोड ३८ करोड
२३ नेपाल बंगलादेश बैंक ४१ करोड ५७ करोड
२४ नेपाल एसबीआई बैंक ३७ करोड २० करोड
२५ सिभिल बैंक २९ करोड ९ करोड ६९ लाख
२६ सेञ्चुरी कमर्सीयल बैंक २७ करोड २२ करोड
२७ बैंक अफ काठमाण्डू २५ करोड २४ करोड
जम्मा १८ अर्ब ११ करोड १४ अर्ब ६० करोड

 

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?