+
+
Shares

अवान्छित गतिविधि रोक्न सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते ११:१९

१६ कात्तिक, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले विदेशी नागरिकहरुको अनधिकृत प्रवेशलाई रोक्न सीमा नाकामा कडाइ गर्ने र चाडबाडका समयमा हुने अवान्छित गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । खासगरी अफगानिस्तानका नागरिकहरु अनधिकृत रुपमा नेपाल प्रवेश गरेको बेला समितिले सो निर्णय गरेको हो । अफगानिस्तानबाट भागेर नेपाल आइपुगेका ११ जनालाई सिनामंगलबाट सीआईबीले नियन्त्रणमा लिएर अध्यागमनको जिम्मा लगाएको थियो ।

गृहमन्त्री खाँणको सचिवालयले भने सुरक्षा समितिको बैठक सीमा क्षेत्रमा हुने अवान्छित गतिविधि नियन्त्रण गर्ने विषयमा केन्द्रित रहेको जनाएको छ । बैठकमा गृहमन्त्री खाँणले सो सम्बन्धमा आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका थिए ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, परराष्ट्रमन्त्री डा. नारायण खड्का, रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, मुख्य सचिव शंकरदाश बैरागी सम्बन्धित मन्त्रालयका सचिव, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत गणेश अधिकारी सहभागी थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?