+
+

पाँच दलीय गठबन्धनले मिलेर चुनाव लड्छ : माधव नेपाल

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७८ कात्तिक १६ गते १२:२०

१६ कात्तिक, रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताएका छन् । तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने उनले बताए ।

गृह जिल्ला रौतहट आएका नेता नेपालले मंगलबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिले अर्ली इलेक्सन आवश्यक नभएको बताए । चुनावलाई कम खर्चिलो बनाउन तीनै तहको निर्वाचन एकै साथ गर्नेमा उनको जोड छ ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको विवादको विषयमा सत्तारुढ गठबन्धनका नेताहरु बसेर छलफल गर्ने उनले बताए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्री विदेशबाट फर्किएपछि हामी छलफल गर्छौं ।’

अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका नेता नेपालले उनी निरंकुश र एकल शासन रुचाउने व्यक्ति भएको बताए । उनले ओली प्रवृतिबाट देशलाई मुक्त गर्न जरुरी रहेको समेत धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?