+
+

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १४:४१

१६ कात्तिक, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।

भीम आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।

नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।

मुख्यमन्त्री राईले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिनेछन् ।

हेर्नुहोस् नियुक्तिपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?