+
+

काठमाडौं महानगरमा बजार अनुगमन : ११ फर्मलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १७:११

१६ कात्तिक, काठमाडौं । पर्व लक्षित बजार अनुगमनबाट १९ दिनमा ११ फर्मलाई जरिवाना गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

६१ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएकोमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई मात्रै जरिवाना गरिएको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले जानकारी दिइन् ।

जरिवानाबाट ४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ । अनुगमनका निरीक्षण अधिकृत हरिबहादुर भण्डारीकाअनुसार बजारमा खानेकुरा तयार पार्न प्रयोग गरिने कच्चा बस्तुको गुणस्तरमा सबैभन्दा धेरै समस्या रहेको पाइएको छ ।

‘उपभोक्ताहरुको ध्यान तयार भइसकेका खानेकुरा हुन्छ । उपभोक्ताले कच्चा पदार्थमा पहुँच नराख्ने भएकोले हामीले भान्छाको व्यवहार हेर्नुपर्छ’ निरिक्षण अधिकृत भण्डारीले भने । तिहार पर्वलक्षित मिठाइजन्य व्यवसायमा गुणस्तरको समस्या रहेकोले र नियमित निगरानी हुनुपर्नेमा समिक्ष बैठकमा जोड दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?