
काठमाडौं । सानिमा बैंक लिमिटेडले उदयपुरगढीको गढीमा आफ्नो शाखा विस्तार गरेको छ ।
गढी शाखाको उद्घाटन उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश–१ का प्रदेश प्रमुख विशाल दहालले संयुक्त रुपमा गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष केप्छाकीले ग्रामीण क्षेत्रमा सानिमा बैंकले शाखा सञ्चालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्न सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
अध्यक्ष केप्छाकीले विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि बैंकलाई शुभकामना दिएका थिए ।
यसैगरी प्रदेश नं १ का प्रदेश प्रमुख दहालले ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया 4