+
+

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते २०:३६

१६ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् ।

मंगलबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीलाई नियुक्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार नै प्रदेश प्रमुख कलौनीले अर्को सरकार गठनका लागि मंगलबार राति ७ः३० बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।

कांग्रेस नेता जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका समेत गरी २१ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री शाहीले मंगलबार नै शपथ लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?