+
+

सर्वोच्च अदालत परिसरमा आज पनि वकिलहरूको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १०:५८

१७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलित भएको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ ।

वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका छन् ।

पहिलो चरणको आन्दोलनको कार्यक्रमको आज अन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने तय भएको छैन।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे भन्छन्, ‘आज दिउँसो चार बजेसम्म राजीनामा आउँछ भन्ने विश्वास छ । राजीनामा नाअएको खण्डमा के गर्ने भनेर हामी सार्वजनिक गर्छौं ।’

अहिले राजीनामा नदिए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने विषय उठेको भन्दै उनले यी विषयमा छलफल गरेर सार्वजनिक गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?