+
+

मोटरसाइकल चोरी गरेको आरोपमा पर्साबाट तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १७:५६

१७ कात्तिक, पर्सा। पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले वीरगञ्‍जको भानुभोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-१५का २२ वर्षीय कैलाश महतो, कलैया उपमहानगरपालिका-४का २२ वर्षीय विनयराज शर्मा र फेटा गाउँपालिका-३ बाराका २० वर्षीय रविन कुमार साह रहेका छन् ।

उनीहरुले भारतीय नागरिक अरुण कुमार चौरसियाको बीआर२२एटी ९३२६ नम्बरको रोयल इनफिल्ड बुलेट बाइक कार्तिक १२ गते होटलमा पार्किङ गरि राखेको ठाउँबाट चोरेको प्रहरीको दाबी छ । उनीहरुले चोरी गरी उक्त बाइकमा बा८२प६४६० नम्बरको नयाँ नम्बरप्लेट लगाइ चलाउँदै आएका प्रहरीको भनाइ छ ।

पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?