
१७ कात्तिक, वीरगञ्ज । बारा प्रहरीले विष्फोटक पदार्थ पटाकासहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ बस्ने ३४ वर्षीय बुद्ध लोप्चन, ३२ वर्षीय राजकुमार लोप्चन र २५ वर्षीय बुद्ध लोप्चनलाई पक्राउ गरेको हो ।
सिमा प्रहरी चौकी छतवा बाराबाट गएराति खटिएको प्रहरी टोलीले फेटा गाउँपालिका-३ बाट उनीहरुलाई पटाका सहित पक्राउ गरेको थियो ।
भारतबाट शंकास्पद रुपमा ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकलमा तीन जना नेपालतर्फ आइरहेका थिए ।
रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट कार्टुनमा राखी लुकाएर ल्याएको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनीहरुको साथबाट किङ कोबरा-११ बण्डल र ईलेक्ट्रिक स्पार्कर्स-५० प्याकेट बरामद भएको उनको भनाइ छ ।
बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा पहिलो पटक ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4