+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

धितोपत्र बोर्डका अध्यक्षमा आधा दर्जन आकांक्षी

रोयल आचार्य रोयल आचार्य
२०७८ कात्तिक १८ गते ११:०४

१८ कात्तिक, काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न लबिइङ शुरु भएको छ । नियुक्तिका लागि आधा दर्जन आकांक्षीहरु यतिबेला शक्तिकेन्द्र धाउन थालेका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बिवादमा परेपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदबाट बर्खास्त गरेको थियो ।

ढुंगाना पदबाट बर्खास्तीमा परेपछि रिक्त अध्यक्ष नियुक्ति गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । सरकारले नयाँ अध्यक्ष नियुक्त गर्नका लागि तीन सदस्यीय समिति सिफारिस समेत बनाएको छ । जसको संंयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल रहेका छन् ।

समितिको सदस्यहरुहमा अर्थमन्त्रालयका तर्फबाट अर्थ सचिव मधु मरासीनी र प्रा.डा. नारायणप्रसाद पौडेल सदस्य रहेका छन् । पौडेल ढुंगानालाई पदबाट हटाउनका लागि गठन गरिएको छानिवन समितिका सदस्य समेत थिए ।

नयाँ अध्यक्षले पुरा कार्यकाल भने काम गर्न पाउने छैनन् । ढुंगानाले २ वर्षमात्रै पुरा गरेर बर्खास्तीमा परेका थिए । बाँकी २ वर्षका लागिमात्रै नयाँ अध्यक्ष नियुक्त गरिन लागिएको हो । तिहार पछि आवेदकहरुसँग अन्तरवार्ता लिने र आवेदकहरुमध्ये तीन जनाको नाम सर्ट लिस्ट गरी सरकारलाई सिफारिस गर्ने समितिको तयारी छ ।

आधा दर्जन आकांक्षी

बोर्ड अध्यक्ष बन्नका लागि आधा दर्जन आकांक्षीहरु यतिबेला दौडधुपमा छन् । पाँचदलीय गठबन्धनको सरकार रहेका कारण अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत सबै दलसँग निकटहरुले आकांक्षा राखेका छन् ।

योग्य आकांक्षीहरुले २५ गतेसम्म आवेदन बुझाउन सक्ने अर्थमन्त्रालयले बताएको छ । बिमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईं, राष्ट्र बैंकका पूर्व निमित्त कार्यकारी निर्देशक डा. गोपाल भट्ट, चार्टर्ड एकाउन्टेन्ट कृष्णप्रपाद आचार्य, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, नेपाल स्टक एक्सचेञ्जका पूर्व सीईओ सिताराम थपलिया लगायतका आकांक्षीहरु रहेका छन् ।

आकांक्षीमध्ये चापागाईं वित्तीय क्षेत्रका दुई ठूला नियामक निकायको अनुभव लिइसकेका व्यक्ति हुन् । चापागाईं राष्ट्र बैंकको पोखरा कार्यालयमा निर्देशक छदैं बिमा समितिको अध्यक्ष नियुक्त भएका थिए । राष्ट्र बैंकमा करिब तीन दशक समय काम गरेका उनले बिमा समितिको नेतृत्वमा समेत कार्यकाल पुरा गरेर अवकाश पाएका थिए ।

अर्का आकांक्षी डा. भट्ट पनि राष्ट्र बैंकमा ३० वर्ष काम गरेका व्यक्ति हुन् । पुँजी बजारका विषयमा राम्रो ज्ञान भएका उनी शेयर बजारकै विषमा विद्यावारिधी (पीएचडी) गरेका व्यक्ति हुन् । राष्ट्र बैंकबाट अवकास पाएपछि अध्यापन पेशामा सक्रिय रहेका उनले बोर्डको नेतृत्व गर्न इच्छा देखाएका छन् । सरकारले आफूलाई नियुक्त गरेको खण्डमा बोर्डमा केही नयाँ गर्ने र सिस्टम बसाल्ने उनले बताए । राजनीतिमा केही पर रहेकाले आफू अन्य कुराहरु भन्दा पनि पारदर्शी रहेर आफूले पढेको सिकेको कुरालाई व्यवहारमा उतार्ने उनले बताएका छन् ।

यसका अलवा सिन्धु विकास बैंकका सञ्चालक रहेका रमेश भण्डारी, नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउद, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे लगायतका व्यक्तिहरुले समेत आकांक्षा राखेको बुझिएको छ ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?