+
+

गुल्मीको गौशालामा सामूहिक गाई पूजा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १५:३४

१८ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा गौशालामा औंशीको अवसरमा समूहिक रुपमा गाई पूजा गरिएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अवसर पारेर जिल्लाको धार्मिक स्थाल रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाईको सामूहिक रुपमा पूजा गरिएको हो ।

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन औँसीको अवसरमा गाईको पूजा गरेर मनाउने प्रचलन रहेको छ । औंशीको अबसरमा जिल्लाको सदमरमुकाम तम्घाससँगै बिभिन्न स्थानबाट गाईको पूजा गर्नेहरुको बिहानै देखि भिड लाग्ने गर्दछ ।

गतवर्ष कोरोना महामारीले गर्दा भिडभाड नभएपनि यसवर्ष भने भत्तजनको सहभागिता रहेको थियो । गौशालमा रहेका गाईलाई पूजा गर्नुका साथै नुन, तेल, रोटी, चामलको पिठो लगायत खुवाउने गर्दछन् ।

हिन्दुधर्ममा गाईको पुजा गर्नलाले स्वर्गको वास हुने मान्यता रहिआएको छ । गाईको पूजा गर्नाले आफूले भुल गरेर गरेका पापहरु नासहुने र पुण्ड्य लाभ हुने धार्मिक मान्यता रहेको छ ।

गाईपूजा गरेसँगै देउसी भैलो खेल्ने प्रचलन पनि रहि आएको छ । रेसुङ्गासँगै रहेको गौशालामा २०४२ सालदेखि गाईहरु पालिदै आएको छ । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घास वासी र छिमेकी गाउँपालिकाबाट मानिसहरु जाने गर्दछ । हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ ।

रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्षा पूरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ ।

गौशालामा स्थानिय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा पालिदै आएको हो । बनमा चर्ने गाईको गहुतबाट बिभिन्न रोगहरुको निम्ति औषधी हुने मान्यता रहीआएको छ ।

प्राय सबै ठाउँमा स्थानिय जातका गाईहरु पाल्न छोडेकाले लोप हुने अबस्था गाइलाई बचाउनको लागि पनि गौशालामा गाईहरु पालिदैँ आएको छ । हिन्दु धर्ममा गाई मात्र होइने गाईको गहुँतको पनि उत्तिकै महत्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?