
१८ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनुपर्ने बताएकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा लक्ष्मी पूजाको अवसरमा अयोजित देउसी, भैलो कार्यक्रमपछि बोल्दै राष्ट्रपति भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनु पर्ने बताएकी हुन् ।
उनले बम र बारुद भन्दा ठूलो चाडबाड र सांस्कृतिक पर्व भएको बताउँदै यसले मनोबल उच्च बनाउन प्रेरित गर्ने धारणा राखिन् । ‘हाम्रो देशको गरिबी, बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनुपर्नेछ । देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउनुपर्नेछ, अबको कलाकारिता कृषि, हरियाली प्रवद्र्धन गर्ने क्षेत्रमा गीत संगीतहरु रचेर आगामी दिनमा सुनाउनुहोला, किसानको गीतहरु पनि सुनाइदिनुहोला’ उनले भनिन् ।
राष्ट्रपति भण्डारीले आगामी दिनमा लामो सांस्कृतिक कार्यक्रम राष्ट्रपति भवनमा आयोजना गर्ने पनि बताइन् । शीतल निवासमा आयोजित कार्यक्रममा नेपाल बाल संगठन, नेपाल बाल मन्दिरका बालबालिकाहरु र सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरले देउसी भैलो खेलेको हो ।
प्रतिक्रिया 4