+
+

धादिङ जिल्लास्तरिय टी-२० क्रिकेटको उपाधि गजुरीलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते ६:४५

धादिङ । धादिङ जिल्ला स्तरिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि गजुरी सामुदायिक विकास समाजले जितेको छ ।

धादिङ क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको बिहीबार भएको फाइनलमा त्रिपुरासुन्दरीलाई २१ रनले पराजित गर्दै गजुरी च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको गजुरीले २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११० रन बनाएको थियो । गजुरीका सविन उप्रेतीले ३४ बलमा तीन चौकाको मद्दतले २८ रन जोडे । सुरेन्द्र मगरले २६ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २६ रन जोडे । त्रिपुरासुन्दरीका अनिल अधिकारीले ४ ओभरमा १७ रन खर्चिएर दुई विकेट लिए । श्रीकृष्ण र उदय थापाले एक/एक विकेट हात पारे ।

१११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८९ रन मात्र बनाउन सक्यो । त्रिपुरासुन्दरीका उदय थापाले २५ बलमा २१ रन जोडे ।

गजुरीका सानु घलेले तीन विकेट लिए । प्रदीप गिरी र सक्षम खरेलले दुई-दुई विकेट लिए । सानु घले खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद पाँच हजारसहित ट्रफी हात पारे ।

प्रतियोगिताको म्यान अफ द सिरिज र उत्कृष्ट बलर उज्वल थापा घोषित भए । उनले नगद १५ हजार हात पार्दै आकर्षक ट्रफी जिते ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर अमृत थापा घोषित हुँदै नगद पाँच हजारसहित ट्रफी हात पारे । यस्तै प्रतियोगिताको उदयमान खेलाडी गजुरीका सक्षम खरेल ले पाँच हजारसहित ट्रफी जिते ।

प्रतियोगिताको विजेता गजुरीले नगद एक लाखसहित ट्रफी प्रमाण पत्र पाएका थिए भने उप विजेता त्रिपुरासुन्दरी क्रिकेट टिमले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिता समापन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले पुरस्कार वितरण गर्दै आफू खेलकुद विकासमा संधै लागि रहने प्रतिवद्धता जनाएका थिए ।

फोटो : धादिङपोष्ट डट कम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?