+
+

बार्सिलोनाको मुख्य प्रशिक्षकमा जाभी नियुक्त, सोमबार क्लबले सार्वजनिक गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २० गते ९:१०

२० कात्तिक, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले पूर्वखेलाडी जाभी हर्नान्डेजलाई क्लबको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

बार्सिलोनाले यस सिजनको बाँकी अवधि र अरु दुई सिजनका लागि  प्रशिक्षक बनाउने सम्झौता गरेको जनाएको छ ।

बार्सिलोनाका युवा एकेडेमीका खेलाडी हुँदै जाभी प्रशिक्षकसम्म बनेका हुन् ।

जाभीले  बार्सिलोना फर्कनका लागि कतारी क्लब अल सद छाडेका छन् ।

जाभीले बर्खास्तीमा परेका रोनाल्ड कोम्यानको स्थान लिनेछन् । कोम्यानलाई बर्खास्त

गरेपछि बार्सिलोनाका पदाधिकारीहरू जाभीसँग छलफल गर्न कतारनै पुगेका थिए ।

बार्सिलोनाले जाभीलाई क्लबको मुख्य प्रशिक्षकको रुपमा सोमबार समर्थकमाझ क्याम्प नोउमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

सार्वजनिक गरे लगत्तै जाभीले प्रेस कन्फरेन्समा भाग लिनेछन् ।

बार्सिलोनाका लिजेन्ड खेलाडी जाभीले सिनियर टिमबाट ७६७ खेल खेलेका छन् ।

उनले १७ वर्ष सिनियर टिमबाट खेल्दा २५ मुख्य उपाधि जिते । युवा खेलाडीको उमेरसहित उनले २४ वर्ष बार्सिलोनामा बिताएका थिए ।

बार्सिलोना छाडेपछि उनी खेलाडीकै रुपमा अल साद पुगेका थिए । त्यसपछि उनले प्रशिक्षक बनेर काम गरे ।

जाभीको प्रशिक्षणमा अल साद लिगमा ३६ खेलसम्म अपराजित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?