+
+

राष्ट्रपति भण्डारीले लगाइदिइन् भाइ डेगेन्द्रलाई भाइटीका

रासस रासस
२०७८ कात्तिक २० गते १३:२२

२० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् । शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफ्नो कान्छा भाइ पाण्डेलाई सप्तरंगी टीका लगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीको माला लगाइ कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । उनले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार पनि दिइन् ।

त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गरेकी थिइन् । त्यसैगरी उनले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाइ दुबो, मखमली, सयपत्री र गोदावरी फूलको माला लगाइदिइन् ।

तस्वीर : रत्न श्रेष्ठ/रासस

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?