+
+

रम्भा गाउँपालिका किसानलाई अनुदानमा आलुको बीउ

रासस रासस
२०७८ कात्तिक २१ गते १३:५८

२१ कात्तिक, पाल्पा । रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ ।

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार यसवर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँचवटै वडाका आलु किसानलाई वितरण गरेको हो ।

आलु खेतीलाई व्यवसायीकरण गर्नका लागि किसानलाई उत्प्रेरित गर्न अनुदानमा बीउ उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।

गाउँपालिकाले अघिल्ला वर्षमा पनि अनुदानमा बीउ वितरण गरेकामा यसवर्ष वडा नं १ मा १४ क्विन्टल, २ मा ६५ क्विन्टल, ३ मा ९७ क्विन्टल, वडा नं ४ मा ६५ क्विन्टल र ५ मा ९५ क्विन्टल बीउ आलु उपलब्ध गराएको छ ।

यहाँका पिपलडाँडा, हुँगीलगायत क्षेत्र आलु उत्पादनको राम्रो पकेट क्षेत्र मानिन्छ । पालिकाका सबै वडाका समथर खेत तथा बारीमा पनि किसानले आलुखेती गरेका छन् ।

गाउँपालिकाले अनुदानमा बीउ दिन थालेपछि यहाँका किसान हिजोआज आलुखेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका निम्ति मात्र आलु लगाउने किसानले पछिल्लो समय व्यावसायिक उत्पादनमा जोड दिएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?