+
+

सौराहामा ‘नेपाल-भारत साहित्य उत्सव’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १३:०१

२२ कात्तिक, चितवन । ‘कविडाँडा साहित्य समाज, चितवन’ले आफ्नो स्थापनाको १९ औँ स्थापना दिवस पारेर कार्तिक २७ र २८ गते, सौराहामा दुई दिने ‘नेपाल-भारत साहित्य उत्सव’ आयोजना गर्दैछ ।

कार्यक्रमका लागि भारतको मणिपुर, असम, सिक्किम, दार्जिलिङ, डुअर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट साहित्यकारहरू आउँदैछन्।

यस दुई-दिवसीय कार्यक्रमा नेपाल र भारतका अध्येताहरूबाट विभिन्न विषयमा ६ वटा कार्यपत्र प्रस्तुत हुने छन् भने द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा, तथा सबै सहभागीबाट रचना वचन कार्यक्रम पनि सम्पन्न हुने छन्।

यस अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपध्याय, कथाकार एवं नियात्राकार इल्या भट्टराई तथा प्रसिद्ध भारतीय नेपाली कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने तालिका रहेको छ भने लोकप्रिय गीतकार तथा कवि श्रवण मुकारुङलाई ‘कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार २०७८’ बाट सम्मानित गरिने कार्यक्रम छ ।

यसैगरी आख्यानकार श्याम साहलाई ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ तथा कथाकारहरू गायत्री अधिकारी , शान्ति शर्मा, युवा सर्जक जीवन निर्दोष तथा समालोचक तथा निबन्धकार डी.आर. शर्मालाई विभिन्न विधागत योगदानका लागि पुरस्कृत गरिँदैछ ।

यसै अवसरका कविडाँडा साहित्य समाजले आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८ का विजेतालाई पनि पुरस्कृत गरिने कार्यक्रम छ ।

कार्यक्रम सौराहस्थित होटल जङ्गल सफारी लजमा हुने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?