+
+

धनतेरसमा एकैदिन ५० किलो सुन बिक्री

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १४:४५

२२ कात्तिक, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुन-चाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ । सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुन-चाँदीको व्यापार उत्साहजनक रहेको बताएका हुन् ।

उनले विगतका दुई वर्षमा कोरोना महामारीका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताए । अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त भएपनि सरकारले प्रतिदिन तोकेको २० किलो सुनको आयात भइरहने हुनाले चाडवाडमा बिक्री भएर सकिएको ठाउँको परिपूर्ति हुने बताए । उनले मंसिर महिनाबाट विवाहको लगन हुने भएकोले त्यो बेलामा पनि राम्रो व्यापार हुने कुरामा आशावादी रहेको बताए ।

देशभर कोरोनाविरुद्धको खोप अभियान चलिरहेका कारण पनि सुन-चाँदीको व्यापारले राम्रो लय समातेको उनको तर्क छ । दशैं र तिहारको बेलामा प्रतिदिन सुनको व्यापार ४० किलो र चाँदीको व्यापार १ हजार किलोसम्म भएको उनले बताए ।

अध्यक्ष शाक्यले भने, ‘गतवर्ष कोरोना महामारीले गर्दा व्यापारमा नराम्रो प्रभाव परेको थियो, त्यसको तुलनामा यसवर्ष उत्साहजनक व्यापार भएको छ, यसवर्षको दशैंमा दिनको ४० किलोको हाराहारीमा सुनको बिक्री भएको छ भने दशैंपछि तिहारको बेलामा लगभग ४० किलोको हाराहारीमै दैनिक व्यापार भइरहेको छ, धनतेरसको दिनमा लगभग ५० किलोको हाराहारीमा माग आएको थियो ।’

प्रतिदिन १ हजार किलो हाराहारीमा चाँदीको माग आएको अध्यक्ष शाक्यको भनाइ थियो । धन्तेरसको दिनमा तिहारमा २ हजार केजीसम्म चाँदीको माग आएको उनले बताए ।

अध्यक्ष शाक्यले सरकारले सुन-चाँदी वितरणको नियमलाई वैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको बताए । उनले सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताउँदै सुनको वितरणलाई काठमाडौंमा केन्द्रित नगरी सातै प्रदेशको राजधानी मार्फत् वितरण हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?