+
+

चीनबाट बाहिरियो याहु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १५:३२

२२ कात्तिक, काठमाडौं। याहु चिनियाँ बजारबाट बाहिरिने पछिल्लो विदेशी कम्पनी बनेको छ । प्रविधि उद्योगमाथि चीनको बढ्दो नियन्त्रणका कारण याहुले पनि चीन छाड्ने निर्णय गरेको हो ।

चीनमा बढ्दो चुनौतीपूर्ण व्यवसायिक तथा कानूनी वातावरणका कारण नोभेम्बर १ देखि याहुका सेवा चीनमा उपलब्ध नहुने मंगलबार याहुले जनाएको छ ।

चीन सरकारले सोमबारदेखि नयाँ डाटा सुरक्षण कानून लागू गरेकै दिनमा याहु चीनबाट बाहिरिएको हो ।

नयाँ कानूनले प्रविधि कम्पनीहरुलाई प्रयोगकर्ताका डाटा संकलन गर्ने कुरामा निश्चित पावन्दी लगाउने तथा प्रयोगकर्ताका डाटा उपयोग गर्ने विषयमा पनि कानूनी व्यवस्था गरेको छ ।

साथै नयाँ कानूनले सरकारले मागेको खण्डमा कम्पनीहरुले प्रयोगकर्ताका डाटा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, सोही व्यवस्थाका कारण चीनमा क्रियाशील अन्तराष्ट्रिय कम्पनीहरुलाई धर्मसंकट परेको छ ।

माइक्रोसफ्टले आफ्नो सोसल प्लाटफर्म लिङ्क्डइन चीनमा बन्द गरेको एक महिना पनि पुगेको छैन । चीनमा बढि चुनौीतपूर्ण कार्यसञ्चालन वातावरण रहको र सरकारी नीति नियमको पालना पनि चर्को रहेको भन्दै माइक्रोसफ्टले लिङ्क्डइन बन्द गरेको थियो ।

सोमबार देखि चीनमा याहु बन्द भएको भएप्नि मंग्लबार मात्र त्यसको जानकारी गराइएको हो । नमा यसअघि याहुको उपस्थिति पनि विवादित तथा उतारचढावपूर्ण रहँदै आएको छ । सन् २००७ मा दुईजना चिनिया विद्रोहीहरुको डाटा चीन सरकारलाई उपलब्ध गराएको भन्दै अमेरिकी सांसदहरुले याहुको आलोचना गरेका थिए ।

चीनमा विदेशी कम्पनीहरुमाथिको नियन्त्रण तथा नियमन बढ्दै जाँदा याहुले पछिल्लो समयमा चीनमा आफ्नो उपस्थिति खुम्च्याउँदै लगेको थियो । सन् २०१५ मा याहुले बेइजिङस्थित आफ्नो कार्यालय पनि बन्द गरेको थियो ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?