+
+

समाजवादी प्रेस संगठन रुपन्देही संयोजकमा परियार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १९:२५

२२ कात्तिक, बुटवल । समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीको संयोजकमा विनोद परियार चयन भएका छन् ।

बुटवलमा सोमबार सम्पन्न सगंठनको प्रदेश कमिटीको बैठकले परियारको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

समितिको सह–संयोजकमा शकंर पाण्डे र उषाकिरण पन्थ, सचिवमा पुनहरि बेल्वासे र सहसचिवमा कृष्ण रणपाल रहेका छन् ।

बैठकमा बोल्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज समेत रहेका अग्रज पत्रकार डा. बालकृष्ण चापागाईंले प्रदेशमा रुपन्देहीबाट समाजवादी प्रेस संगठन नेपालको संगठन विस्तार शुरु भएको बताउँदै मंसिरभित्र १२ वटै जिल्लामा कमिटी निर्माण गरिने बताए ।

वैठकमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज विकास बन्जाडे, संयोजक शिव सुवेदी लगायतले संगठनले श्रमजिवी पत्रकारको नेतृत्व गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?