+
+

उद्योगको क्षमता उपयोग सुधारोन्मुख

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १६:५८

२३ कात्तिक, काठमाडौं । कोभिड माहामारीका कारण शिथिल बनेको उद्योगहरुको सञ्चालन क्षमतामा उल्लेख्य सुधार भएको छ ।

नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक औद्योगिकस्थिति रिपोर्टअनुसार नेपालमा सञ्चालित उद्योगहरुको क्षमता उपयोग ६४.८ प्रतिशत पुगेको छ ।

कृषि, उर्जा, उत्पादन र सेवा उद्योग गरी चार क्षेत्रमा गरिएको अध्ययनमा यस्तो नतिजा देखिएको हो । अध्ययन भएका औद्योगिक क्षेत्रहरुमध्ये उर्जा क्षेत्रको सञ्चालन क्षमता निकै राम्रो पाइएको छ । आर्थिक वर्षको चौथो त्रैमासिकसम्म उर्जा क्षेत्रको सञ्चालन क्षमता ८१.५ प्रतिशत पुगेको छ ।

यस्तै दोस्रो राम्रो सञ्चालन क्षमता उपयोग सेवा क्षेत्रमा देखिएको छ । सेवा क्षेत्रका उद्योगहरुको सञ्चालन क्षमता उपयोग ७१.८ प्रतिशत पुगेको परिसंघको अध्ययनमा उल्लेख छ । उत्पादनशील उद्योगहरुको सञ्चालन क्षमता पनि सुधारोन्मुख देखिएको परिसंघले जनाएको छ । उत्पादनशील उद्योग क्षेत्रको सञ्चालन क्षमता उपयोग ५७.२ प्रतिशत पाइएको छ ।

यस्तै कृषिजन्य उद्योगहरुको सञ्चालन क्षमता ३९ प्रतिशत छ । गत आवको चौथो त्रैमासिकसम्म नेपाली उद्योगमा काम गर्ने विदेशी नागरिकको हिस्सा ८.३ प्रतिशत पाइएको छ । यस अवधिमा ८१४ नयाँ श्रमिक औद्योगिक प्रतिष्ठानमा आएका छन् ।

समीक्ष अवधिमा औसत औद्योगिक आयको वृद्धिदर ८ प्रतिशत देखिएको पनि परिसंघको रिर्पोटमा उल्लेख छ । आव २०७६/७७ मा ऋणत्मक ४.७ प्रतिशतमा सिमित थियो । औद्योगिक आयको वृद्धिदरमा उर्जा क्षेत्रको योगदान गत वर्ष भन्दा झण्डै चार गुणाले बढेको छ । आव २०७६/७७ को समीक्षा अवधिमा २८.५ प्रतिशत रहेको यस क्षेत्रको आयको वृद्धिदर पछिल्लो वर्षमा ११०.५ प्रतिशत पुगेको छ । कृषि उद्योग क्षेत्रको योगदान अघिल्लो वर्ष भन्दा सुधार भए पनि अझै ऋणत्मक नै छ ।

अघिल्लो वर्ष ऋणात्मक ३.६७ प्रतिशत रहेको यो क्षेत्रको योगदान समीक्षा अवधिमा ०.६७ प्रतिशत पुगेको छ । यस्तै उत्पादनमुलक उद्योग क्षेत्रको योगदान १.७ प्रतिशत छ । जुन अघिल्लो वर्ष भन्दा राम्रो हो । आव २०७६/७७ मा यस क्षेत्रको आय वृद्धिदर ऋणात्मक ८.५ प्रतिशत मात्रै थियो । यस्तै सेवा क्षेत्रमा पनि निकै राम्रो सुधार देखिएको छ ।

अघिल्लो वर्ष ऋणत्मक ५.३ प्रतिशत रहेको औद्योगिक आयाको अवस्था अहिले ३.४ प्रतिशत पुगेको छ । सबै क्षेत्रका ४७ वटा उद्योगहरुलाई नमूनाको रुपमा लिएर संकलन गरिएको सूचनाका आधारमा यस्तो तथ्यांक सार्वजनिक गरिएको परिसंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?