+
+

प्रधानन्यायाधीश आर्थिक विचलनमा लिप्त छन्, भ्रष्टाचार गर्छन् : शम्भु थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १८:१४

२३ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पैसामा लिप्त भएको आरोप लगाएका छन् ।

संवैधानिक कानुन व्यवसायी मञ्चले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रधानन्यायाधीश पैसामा र आर्थिक विचलनमा लिप्त भएको आरोप लगाएका हुन् । थापाले प्रधानन्यायाधीश जबराले भ्रष्टाचार रोक्न नसकेको मात्र होइन, भ्रष्टाचार गर्छन् भन्नुपर्ने पनि बताए ।

‘प्रधानन्यायाधीशले भ्रष्टाचार रोक्न सक्नुभएन होइन कि भ्रष्टचार गर्नुहुन्छ भनौं, थाहा छ बोल्नुस् थाहा छैन नबोल्नुस्, शुद्ध हो भनौं’ उनले भने ।

प्रधानन्यायाधीशले न्यायाधीशको कुनै चरित्र नै नदेखाएको थापाले बताए । ‘प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशको रुपमा देखेनौं भन्ने कि के भन्ने ?’ उनले प्रश्न गरे ।

थापाले अघि भने ‘पुनरावलोकन गरे पुनरावलोकनमै बार्गेनिङ गर्छ भन्छन् । उहाँको बेन्चमा परेकोमा कसैलाई विश्वास नै छैन यो के हो भन्ने कुरा, मेरो पक्षले मिलायो कि तेरो पक्षले मिलायो । यस्तो पनि न्यायाधीश हुन्छ ?’

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले लगाएको आरोप सबै प्रधानन्यायाधीश जबरामाथि खनिएको भन्दै थापाले यत्तिको प्रधानन्यायाधीश विगतमा पनि नभएको र आगामी दिनमा पनि नआउने बताए । ‘उहाँले नियुक्ति गरेकामा आएछन् भने म भन्न सक्दिन । नभए आउँदैनन्’ उनले भने ।

वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश जबरालाई हठ गरेर नबस्न र राजीनामा दिन आग्रह गरे । ‘यो हठ र लठमा धेरै के के हिसाब मिलाउनु छ भनेर नबस्नुस्, कुनै मुद्दा मामिलामा केही छ भने पनि छोडिदिनुस्’ उनले भने ।

अहिले राजनीतिक दल पनि दलजस्तो नभएको वरिष्ठ अधिवक्ता थापाले बताए । ‘यहाँका राजनीतिक दल पनि दल हुन् र ! केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहालसँग पनि आशा हुन्छ’ उनले प्रश्न गरे, ‘बोल्दा पनि सर्वोच्चको विवाद चाँडै मिलोस् भन्छन् ।’

अहिले न्यायालयको विवाद न्यायालय आफैंले र संसदले पनि दिन नसक्ने स्थिति देखिएको थापाले बताए । ‘२० जना न्यायाधीशले न्याय प्रशासन बन्द भयो । बारले पनि अर्को प्रधानन्यायाधीश देउ भनेर पार्लियामेन्टमा (सूचना) दिने कि ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?