+
+

‘छक्का पन्जा ४’मा नभएपनि कुनै चित्त दुखाइ छैन : जितु नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते ११:४५

हास्य कलाकार जितु नेपालले निर्माता तथा कलाकार दीपकराज गिरी र उनको टिमसँग चलचित्र ‘६ एकान ६’बाट सहकार्य गरे । त्यसपछि दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र दीपाश्री निरौलाको टिमले ‘वडा नम्बर ६, छक्का पञ्जा, छक्का पञ्जा २, छक्का पञ्जा ३, छ माया छपक्कै’ निर्माण गरे । यी सबै चलचित्रले बक्स अफिसमा तहल्का नै मच्चाए ।

तर, ‘मुन्द्रेको कमेडी क्लब’बाट शुरु भएको विवादले दीपक–दीपासँग जितुलाई व्यावसायिक रुपमा अलग बनाएको छ । चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर हलमा बज्न थालेपनि त्यसमा जितु देखिएका छैनन् । यसबाट अधिकांशले सहजै अड्कल लगाएका छन् कि, जितु चलचित्र ‘छक्का पञ्जा ४’मा हुने छैनन् ।

तर, कलाकार जितु नेपालले भने आफू चलचित्रमा नभएपनि कुनै चित्त दुखाइ नभएको बताएका छन् । जितुले भने, ‘ट्रेलरमा नहुने बित्तिकै चलचित्रमा नहुने भन्ने पनि होइन । यसपटक दीपकजीले कस्तो कथा बनाउनुभएको छ, मलाई थाहा छैन । मैले दीपक र दीपाबाट आफूले गरेको योगदानभन्दा बढी पाएको छु । उहाँहरुले मलाई हिरो बनाइदिनुभएको छ । म निक्कै नै आभारी छु ।’

एउटा चलचित्रमा नहुँदैमा आफूलाई चित्त दुखाइ नभएको उनले बताए । ‘म सधैं नै सहकार्य गर्न तयार छु । फेरि खेल्ने पर्‍यो भनेर भन्नुभयो भने पनि म तयार छु । यसो गरौं, उसो गरौं भनेर भन्नु भयो भने पनि म तयार छु । उहाँहरु मेरो साथी हो । म सधैं सहकार्य गर्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?