+
+
Shares

डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष माओवादीमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १७:५८

२४ कात्तिक, काठमाडौं । डोल्पाको डोल्पो वुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टी प्रवेश गराएका हुन् । गुरुङ नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले डोल्पो वुद्ध गाउँपालिकाका सबै वडाध्यक्ष पनि माओवादी केन्द्रमा प्रवेश गरेको बताएकी छन् ।

पार्टी प्रवेश कार्यक्रमका लागि प्रचण्डसँगै माओवादी नेताहरु जनार्दन शर्मा र कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत डोल्पा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?