+
+

आजबाट जनगणना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते ७:०७

२५ कात्तिक, काठमाडौं । आजबाट जनगणना सुरु हुँदै छ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ ।

राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

यसका लागि गणकहरु आज बिहान ९ : ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा पुग्ने छन् । त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन कहाँ गणक पुग्ने समय तालिका बनाइएको छ ।

जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण संकलन गर्ने छन् । विवरण संकलन गर्न देशभर करिब ४० हजार गणक र साढे आठ हजार सुपरीवेक्षक परिचालित भएका छन् ।

काठमाडौं जिल्लामा डिजिटल पद्दतिमा आधारित क्यापविधि प्रयोग गरी ट्याबलेटबाट र अन्य जिल्लाहरुमा कागजी प्रश्नावली प्रयोग गरी विवरण संकलन गरिने छ ।

भारतीय सेनाको नियन्त्रणमा रहेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न कूटनीतिक पहल भइरहेको र भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने केन्द्रीय तथ्यांक विभागले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?