+
+

बच्चालाई कुखुराको रगतको सुइ ! किन यसो गर्दैछन् चिनियाँहरू ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १३:२३

चिनियाँहरू संसारभर नै आफ्नो विशेष खालको खानपानका लागि चिनिन्छन् । भनिन्छ चिनियाँहरू जुनसुकै चिजलाई पनि खाना बनाउन सक्दछन् । अहिले चीनमा एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसले निकै चर्चा कमाइरहेको छ । चीनमा मानिसहरूले आफ्ना बालबालिकाहरूलाई कुखुराको रगतको सुई लगाइदिने गरेका छन् ।

बालबालिकामा स्वास्थ्य समस्या नआउन् भनेर कुखुराको रगतको इन्जेक्सन लगाउने गरिएको हो । आफ्ना सन्तानलाई सुपर बच्चा बनाउने लहडमा अभिभावकहरूले यस्तो जोखिमपूर्ण तथा घातक काम गरिरहेका छन् ।

मिडिया रिपोर्ट अनुसार कुखुराको रगतको इन्जेक्सन लगाउनाले क्यान्सर, तालु खुइलिने, बाँझोपनलगायतका रोगहरू नलाग्ने दाबी गरिन्छ । कुखुराको रगतमा पाइने स्टेरोइडले बच्चालाई पढाइ र खेलकुदमा तेज बनाउने विश्वास पनि रहेको छ ।

चिकेन ब्लड थेरापीको यस्तो क्रेज चीनमा फैलिरहँदा अभिभावकहरू आफ्ना बच्चालाई रगतको इन्जेक्सन लगाउन तछाडमछाड गरिरहेका छन् । यसलाई चिकेन प्यारेन्टिंगको नाम दिइएको छ । चीनको बेइजिंग, ग्वान्झाउ तथा सांघाइजस्ता सहरका मध्यमवर्गीय परिवारका अभिभावकहरुमा चिकेन बेबीको यो ट्रेण्ड तीव्र रुपमा फैलिरहेको बताइएको छ ।

एक रिपोर्ट अनुसार चीनमा बालबालिकाको आँखा कमजोर हुने गरेको छ र माध्यमिक विद्यालयका करीब ७१ प्रतिशत र हाइस्कुलका ८१ प्रतिशत विद्यार्थीको दृष्टि कमजोर रहेको छ । अभिभावकहरुले आफ्ना बालबालिकालाई सबै कुरामा अब्बल बन्नका लागि दबाब दिने चलनले गर्दा किशोर किशोरीहरुमा डिप्रेसनको समस्या पनि बढ्न थालेको छ । एक रिपोर्ट अनुसार चीनमा २५ प्रतिशत चिनिया किशोर किशोरीहरु डिप्रेसनबाट पीडित छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?