
२५ कात्तिक, काठमाडौं । इन्धनको मूल्य वृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले संघर्ष गर्ने भएका छन् ।
नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा इन्धनको मूल्य वृद्धि गरेको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं लगायत ६ विद्यार्थी संगठनले संघर्ष गर्ने भएका हुन् ।
बिहीबार संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै उनीहरुले तत्काल इन्धनको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै बिहीबार दिउँसो साढे ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्तालयका सचिवलाई भेटेर ज्ञापन पत्र बुझाउने बताएका छन् ।
यस्तै कात्तिक २६ गते बिहान ९ देखि ११ बजेसम्म आयल निगमका महाप्रवन्धक लगायतका कर्मचारलाई प्रवेश निषेध तथा घेराउ गर्ने , कात्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २ बजे खाली सिलिण्डर प्रदर्शन गर्ने, कात्तिक ३० गते देशभर आयल निगमको कार्यालयमा कालो व्यानर राखी विरोध प्रदर्शन गर्ने र मंसिर २ गते माइतीघर मण्डलामा सडक बहस कार्यक्रम आयोजना गर्ने विज्ञप्तिमा उल्लेख छ ।
नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।
हेर्नुहोस् संयुक्त प्रेश विज्ञप्ति :
प्रतिक्रिया 4