
प्रतीकात्मक तस्वीर
२५ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडास्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका–१३ पत्थरडाँडामा रहेको कनौजे ट्रेडर्स फर्निचर उद्योग र उद्योगको शोरुममा बिहीबार साँझपख आगलागी भएको हो ।
चार वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।आगलागीबाट तयारी फर्निचर र उद्योगमा रहेका काठ जलेर नष्ट प्रहरीले जनाएको छ ।
आगलागी करिब नियन्त्रणमा आइसकेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए । उद्योगभित्र विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4