+
+

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते ८:३३

२६ कात्तिक, काठमाडौं । केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको तयारीमा जुटेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ ।

यो बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?