+
+

ब्राजिल विश्वकप २०२२ का लागि छनोट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते ११:३५

काठमाडौं । कोलम्बियालाई शुक्रबार बिहान १-० ले पराजित गर्दै ब्राजिलले अर्को वर्ष कतारमा हुने पिफा विश्वकपमा स्थान पक्का गरेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तरगत शुक्रबार विहान भएको खेलमा ब्राजिलले लुकास पाक्वेटाको एक मात्र गोलको मदतमा कोलम्बियालाई हराएको हो । पाक्वेटाले नेइमारको पासमा ७२औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै ब्राजिल छनोटमा ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गर्न सफल भयो । १० राष्ट्र समावेश दक्षिण अमरिकी छनोटमा ब्राजिल १२ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको अर्जेन्टिना २५ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर २० अंकसहित तेस्रो स्थानमा छ ।

दक्षिण अमेरिकाबाट चार टिम सिधै छनोट हुने व्यवस्था छ भने पाँचौ हुने टिमले महादेशिय प्लेअफ खेल्नुपर्नेछ ।

शीर्ष स्थानमा रहेको ब्राजिललाई अब दोस्रो स्थानको अर्जेन्टिना र तेस्रो स्थानको इक्वेडर बाहेक अरुले उछिन्न सक्दैन ।

चौथोदेखि छैटौं स्थानसम्म रहेको चिली, कोलम्बिया र उरुग्वेको समान १६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?