+
+

एमाले महाधिवेशनको लोगोमा गैंडाको मस्कट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १४:२८

२६ कात्तिक, काठमाडौं । नेकपा एमालेले १०औं महाधिवेशनमा प्रयोग हुने लोगो सार्वजनिक गरेको छ । तुलसीलाल स्मृति भवन च्यासलमा पत्रकार सम्मेलन गरी महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरे ।

चितवनमा मंसिर १०–१२ मा हुने महाधिवेशनका लागि एमालेले एकसिंगे गैंडाको मस्कट सहितको लोगो तयार पारेको छ । लोगोमा गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा उचालेको छ ।

‘महाधिवेशन चितवनमा गर्दैछौं । चितवनलाई पर्यटकीय दृष्टिले चिनाउन पनि गैंडाले पार्टीको झण्डा चलाएको लोगो तयार पारिएको हो’, महाअधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले भने ।

जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने सन्देश दिनपनि यस्तो लोगो तयार पारिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?