+
+
Shares

इन्धनको मूल्य वृद्धिविरुद्ध अनेरास्ववियुले निकाल्यो मसाल जुलुस

आर्यन धिमाल आर्यन धिमाल
२०७८ कात्तिक २६ गते १८:२५

२६ कात्तिक, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुक्रबार साँझ मसाल जुलुस निकालेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियूले मसाल जुलुस निकालेको हो ।

अनेरास्ववियुले निरन्तर रुपमा भइरहेको मूल्य वृद्धिलाई अत्याचारको पराकाष्ठ भन्दै भनेको छ, ‘यस्ता जनविरोधी कदमको अनेरास्ववियु घोर भत्सना गर्दै श्रृंखलाबद्ध रुपमा भइरहेको मूलय वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।’

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य बढाएको थियो ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?