+
+

नेटफ्लिक्सले ‘सूर्यवंशी’लाई तिर्‍यो सय करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते ११:३८

बक्स अफिसमा राम्रो व्यापार गरिरहेको बलिउड फिल्म ‘सूर्यवंशी’लाई ओटीटी प्लेटफर्म नेटफ्लिक्सले महँगो रकममा खरिद गरेको छ ।

सातौं दिनसम्म १२० करोड भारुको व्यापार गरिसकेको यो फिल्मलाई नेटफ्लिक्सले १०० करोड भारुमा खरिद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्षय कुमार र कट्रिना कैफ अभिनित ‘सूर्यवंशी’ ओटीटी प्लेटफर्ममा कोरोना महामारीपछि सबैभन्दा बढी मूल्यमा बिक्री हुने फिल्म बनेको छ ।

रोहित सेट्टीको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म डिसेम्बर ४ देखि नेटफ्लिक्समा प्रसारण हुनेछ । यो फिल्म नोभेम्बर ५ देखि सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ ।

‘सूर्यवंशी’ प्रदर्शनमा आएसँगै फिल्म उद्योग पनि चलायमान हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?