+
+

कञ्चनपुरमा कुटपिट मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १७:४३

२७ कात्तिक, धनगढी । प्रहरीले कञ्चनपुरमा कुटपिट मुद्दाका फरार प्रतिवादीलाई ७ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट २२ चैत २०७१ म कैद र जरिवानाको फैसला सुनाइएका भीमदत्त नगरपालिका–४ बस्ने सन्दीप शाहलाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई निजकै घर ठेगानाबाट पक्राउ गरेर निल्ला अदालतमा पेश गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

उनका अनुसार कुटपिट अङ्गभङ्ग मुद्दामा शाहलाई जिल्ला अदालतले एक वर्ष ११ महिना ५ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?