+
+

कैलालीका ९० वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन, २५ वडामा निर्वाचन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १८:४८
सर्वसम्मत रुपमा चयन भएपछि सामूहिक तस्बिर खिचाउँदै धनगढी उपमहानगरपालिका १६ का पदाधिकारी तथा सदस्यहरु

२७ कात्तिक, धनगढी । नेपाली कांग्रेसले कैलाली जिल्लाका ९० वटा वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार बिहानदेखि शुरु भएको वडा अधिवेशन अन्तर्गत १३ वटा स्थानीय तहका ९० वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए ।

उनकाअनुसार बाँकीमध्ये ११ वडामा अझै सहमतिको प्रयास जारी छ भने २५ वडामा निर्वाचनको प्रक्रिया शुरु भएको छ । सुनारले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी पनि रहेको धनगढी उपमहानगरपालिकाका १९ मध्ये १२ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको बताए ।

कैलारी गाउँपालिकाका ९ वडा, जोशीपुर गाउँपालिकाका ७ वडा, भजनी नगरपालिकाका ८ वडा, गोदावरी नगरपालिकाका १२ मध्ये १० वडा, टीकापुर नगरपालिकाका ९ मध्ये ७ वडामा सहमतिकै आधारमा नयाँ कार्य समिति चयन गरिएको उनले जानकारी दिए ।

गौरीगंगा नगरपालिकाका ११ मध्ये ८ वडा, घोडाघोडी नगरपालिकाका १२ मध्ये १० वडा, लम्कीचुहा नगरपालिकाका १० मध्ये ४ वडा, चुरे गाउँपालिकाका ६ मध्ये ५ वडा, जानकी गाउँपालिकाका ९ मध्ये ६ वडा, मोहन्याल गाउँपालिकाका ६ वडा र बर्दगोरिया गाउँपालिकाका ६ मध्ये २ वडामा निर्विरोध नयाँ कार्य समिति गठन गएिको छ ।

धनगढी उपमहानगरपालिका–१ र १२ मा वडा सभापति सर्वसम्मत भएपनि अन्य पदमा सहमति हुन सकेको छैन । वडा नम्बर ३, १४, १५, १८ र १९ लगायतमा सहमतिमै कार्य समिति चयन गर्ने तयारी रहेको बताइएको छ ।

धनगढीसहित जिल्लाभरका ११ वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको छ भने २५ वडामा निर्वाचनको प्रक्रिया थालिएको छ । १३ वटा स्थानीय तह रहेको कैलालीमा १ सय २६ वडा रहेका छन् । आन्तरिक विवादले क्रियाशील सदस्यताको अन्तिम नामावली प्रकाशनमा ढिलाइ गरिएपछि ढिलो गरेर अधिवेशन भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?