+
+

नेपालबाट लोप हुँदै क्लासिक कार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते २०:३७

२७ कात्तिक, काठमाडौं । शनिबार विहान काठमाडौंको लैनचौरमा दर्जनौ क्लासिक कारहरु लामवद्ध थिए । विभिन्न रंग र मोडलका क्लासिक कारणहरु कतै जान तैनाथ अवस्थामा देखिनथे भने सँगै क्लासिक मोटरसाइकलहरु पनि थिए ।

लैनचौर बैंक्वोट परिसरबाट बाहिर निस्कन तम्तयार अवस्थामा रहेका कारहरु मध्ये एएटा रातो रंगको क्लासिक कारमा थिए चर्चित व्यवसायी राजबहादुर शाह । जाउलाखेल ग्रुप अफ इन्डष्ट्रीका प्रबन्ध निर्देशकसमेत रहेका शाहका अनुसार शनिबार लोप हुन लागेको क्लासिक कारमा रमाइलो गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।

बुढानिलकण्ठको एक पार्कसम्म पुगेर घुमेर फर्कन शनिबारको सूचीमा थियो । नेपालबाट यस्ता कारणहरु लोप हुनै लागिसकेको शाह बताउँछन् । उनका अनुसार नेपालमा हालसम्म ४ सय वटामात्रै यस्ता कारहरु आयात भएका छन् । नयाँ नथपिने र पुराना बिग्रदै जादा यी कारणहरु लोप हुने अवस्थामा पुगेको उनले बताए ।

मंहगो कर नीतिका कारण पनि पुराना क्लासिक कारहरु बनाउने भन्दा कवाडीमा थन्किने गरेको उनको भनाइ छ । ‘एक वर्ष, दुई वर्ष गर्दा गर्दै धेरै वर्षको कर हुन्छ, पुराना कारहरुलाई संरक्षण गर्न राज्यले विशेष नीति लिनु पर्छ’ शाहले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?