+
+

फ्रान्समा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रतिमा बन्ने 

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १६:५५
शताब्दी पुरुष सत्यमोहन जोशी

२८ कात्तिक, काठमाडौं ।  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन मेयरहरुको सम्मेलनमा सहभागी हुन फ्रान्स पुगेका छन् ।  मेयर महर्जनले शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक शहरमा बनाउने समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको छ ।

ललितपुर महानगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘फ्रान्सका प्रख्यात कविको शालिक ललितपुर महानगरपालिकाभित्रको कुनै स्थानमा र एक सय दुई वर्षका वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक शहरमा राख्ने सन्दर्भ लगायतका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।’

साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वको शालिक तथा प्रतिमा स्थापनाले अपनत्व र घनिष्टता वृद्धिमा सहयोग पुर्‍याउने महानगरले जनाएको छ ।

फ्रान्सका विभिन्न शहरका मेयरहरुको सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी हुन मेयर महर्जन फ्रान्स गएका हुन् । मेयर महर्जनले नेपालका २५ भन्दा बढी स्थानीय तह र फ्रान्सका विभिन्न स्थानीय तहहरुबीच भगिनी सम्बन्ध स्थापनाका लागि समन्वय गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?