+
+

कांग्रेस महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने, विधान महाधिवेशन छुट्टै गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते २१:१४

२८ कात्तिक, काठमाडौं । मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नेतृत्व चयन मात्र गर्ने भएको छ । कांग्रेसले पार्टीको नीति तथा कार्यक्रम तय गर्न छुट्टै विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले नेतृत्व चयन र नीति निर्माणका लागि छुट्टाछुट्टै अधिवेशन गर्ने निर्णय गरेको हो । कांग्रेसमा महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित भएको र विचारमा छलफल ओझेलमा परेको आरोप लाग्ने गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर २४ देखि २६ गतेसम्म हुने महाधिवेशनले नेतृत्व चयन गर्ने र नयाँ कार्यसमितिले विधान अधिवेशन बोलाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश भएको जानकारी दिए ।

उनले भने, ‘महाधिवेशनले नेतृत्व मात्रै चयन गर्‍यो, नीति तथा कार्यक्रममाथि बहस नै भएन भनेर जुन आलोचना भइरहेको छ, त्यसलाई मध्यनजर गरेर अब यो महाधिवेशनले नेतृत्व चयन गर्नेछ भने महाधिवेशनबाट आउने नयाँ कार्यसमितिले विधान अधिवेशन तय गर्ने समझदारी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा भएको छ ।’

विधान अधिवेशनले पार्टीको भावी नीति र कार्यक्रम तय गर्नेछ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले सभापति शेरबहादुर देउवा निबास बुढानिलकण्ठमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?