+
+

रेग्मीको स्पष्टीकरण : विमानस्थलमा भनाभन मात्रै भएको हो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते २०:०२

२८ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीसँग भएको विवादबारे सरकारलाई लिखित स्पष्टीकरण बुझाएका छन् ।

अघिल्लो शनिबार (भाइटीका)को दिन लण्डनबाट काठमाडौं फिर्ता हुने क्रममा सीईओ रेग्मीले कर्मचारीमाथि दुर्व्यवहार गरेको सार्वजनिक भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

सीईओ रेग्मीले लिखित स्पष्टीकरण बुझाउँदै आफ्नो बचाउ गरेका छन् । स्पष्टीकरणमा उनले सामान्य घटनालाई बाहिर ठूलो बनाएर प्रचार गरिएको दाबी गरेका छन् ।

सीईओ  रेग्मीले अवैधानिक तवरले मदिराका ६ वटा बोतल ल्याएपछि भन्सारका कर्मचारीले रोक्ने क्रममा विवाद भएको थियो । उनले भकर्मचारीमाथि हातपात गरेका थिए । तर स्पष्टीकरण पत्रमा उनले भनाभन मात्र भएको र हातपात नगरेको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?